ad ad

राजनीति


डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार बाइडनले यौन दुर्व्यवहारको आरोप अस्वीकार गरे

डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार बाइडनले यौन दुर्व्यवहारको आरोप अस्वीकार गरे

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ११:२०,

बाइडनका पूर्व स्टाफ तारा रिडले झन्डै ३० वर्ष अगाडि बाइडनले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप हालै लगाएकी हुन्।

हाल ५६ वर्षकी रिडले गत मार्चमा भनेकी थिइन्,‘बाइडनले उनको हात मेरो स्कर्ट मुनी लगेका थिए र मलाई कतै जाने हो भनेर प्रश्न गरेका थिए।’

रिडका अनुसार उनले हात हटाइदिएपछि बाइडनले भनेका थिए,‘मैले सुनेको थिए तिमीले मलाई मन पराउँछौं।’

आरोपअनुसार बाइडन डेलावेयर राज्यको सिनेटर हुँदा उनले सन् १९९३ मा रिडको स्कर्ट मुनी हात लगेका थिए। यस कार्य संसद भवन भित्रै भएको थियो। सन् १९९२ मा बाइडनको सहयोगी रहेकी रिडले सन् १९९३ मै काम छाडेकी थिइन्।

हाल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका बाइडनले भने शुक्रबार तारा रिडको आरोप गलत भएको बताएका छन्।

शुक्रबार एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा बाइडनले भने,‘म स्पष्ट रुपमा भन्न चाहन्छु यो घटना कहिल्यै कहिल्यै भएको थिएन।’

बाइडनले आफूविरुद्ध सो समयमा ताराले कुनै पनि उजुरी दिएको भए त्यसको अभिलेख खोज्न पनि भनेका छन्।

बीबीसीका अनुसार रिडले गत महिना मात्र आफू यौन शोषणमा परेको प्रहरीमा उजुरी गरेकी छन्। उजुरीमा उनले बाइडनको नाम खुलाएकी छैनन्। उजुरी दिने समय सकिएको भएपनि सुरक्षाका कारण मात्र प्रहरीमा हाद उजुरी गरेको जनाइएको छ।

डेमोक्रेटिक पार्टीका बाइडनले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा राष्ट्रपतिको पदका लागि प्रतिस्पर्धा गर्दैछन्।

बाइडेनका प्रतिस्पर्धी ट्रम्पलाई यसअघि २५ महिलाले यौन दुव्र्यवहारको अरोप लगाइसकेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .