ad ad

समाज


चीनमा गएको २४ घण्टामा एक मात्र नयाँ कोरोना संक्रमित भेटिए

चीनमा गएको २४ घण्टामा एक मात्र नयाँ कोरोना संक्रमित भेटिए

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ६:३२,

एक दिनमा मात्र एक नयाँ कोरोना संक्रमित थपिँदा चीनमा गएको चार दिनयता कसैको पनि मृत्यु नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा यतिबेला कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। कोरोना पहिलोपटक देखिएको चीनको वुहान गत अप्रिल ८ देखि नै सामान्य अवस्थामा फर्किसकेको छ।

यतिबेला चीनका पर्यटकीयस्थल तथा बजार, उद्योग कारखानाहरु संचालनमा आइसकेका छन्।

हालसम्म चीनमा ८२ हजार ८७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जसमध्ये ४ हजार ६३३ को मृत्यु हुँदा ७७ हजार ६८५ उपचारपछि स्वस्थ बनेका छन्।

यतिबेला चीनमा ५५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .