समाज


नवलपरासीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

नवलपरासीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

दुर्घटनाको प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १३:०, काठमाडौँ

नवलपरासी पश्चिममा बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।

जिल्लाको प्रतापपुर गाउँपालिका ५ भैरमपुरस्थित सडकमा सोमबार राति लु १ ख ७०१९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीया सुमित्रा चमारको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad