दैलेखमा आफ्नै बुवाको हत्या आरोपमा २७ वर्षीया युवती पक्राउ परेकी छन्।
नौमुले गाउँपालिका ५ गजमालीका ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या अभियोगमा उनकै छोरी तिर्सना रामजाली मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
तिर्सनाले काठको चिरपट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका थिए।
उनको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो।
228
Shares

प्रतिक्रिया