समाज


धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु, १ को अवस्था गम्भीर

धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु, १ को अवस्था गम्भीर

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ७:५६, काठमाडौँ

सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा धादिङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

शनिबार साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए। 

मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन्।

‘अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन,’ इन्सपेक्टर बस्नेतले भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ। मृतक युवक कुन गाडीमा सवार थिए भन्ने पनि खुल्न सकेको छैन।’

दुवै शव टिचिङ अस्पतालमा राखिएको छ। 

दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।  

काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी (डिब्बा), ना.४ ख ७१५ नम्बरको ट्रक, लु.९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे-३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग.१ ख ८५५१ नम्बरको बस / बा.१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेका हुन्।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको ट्रकले अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad