पशुपति क्षेत्रमा गीता जयन्ती एक कार्यक्रम गरी मनाइएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुभाष चन्द्र जोशीज्यूको प्रमुख आतिथ्यमा एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव एवं मानव सेवा आश्रमका संरक्षक डा. श्री गोविन्द टण्डन, पशुपतिनाथका मूलभट्ट गिरीश रावल भट्ट, वेंकटेश मन्दिरका मठाधीश पद्मधराचार्यको विशिष्ट आतिथ्यतामा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीता परिवार नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं, गीताप्रेस पुस्तक बिक्री केन्द्र बुटवलको व्यवस्थापनमा श्रीगीता जयन्ती कार्यक्रम गीतामाताको आराधना गरी मनाइएको हो।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा सुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए। उनले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भगवान् श्रीपशुपतिनाथको पावन क्षेत्रको परिसरमा रहेर होस भनी गीताप्रेस गोरखपुरको चाहना रहेको हँदुा गीताप्रेस पशुपतिनाथ मन्दिर क्षेत्रमा सदैव रहिरहने व्यवस्थाको लागिपशुपति क्षेत्र विकास कोषको सहयोग अपरिहार्य रहेको हुँदा पूर्ण अपेक्षा राखेका थिए।
उनले गीताप्रेस नेपालको स्थापनापछि हालसम्म ८० को हाराहारीमा पुस्तकहरु नेपाली भाषामा अनुदित भएको सन् २०२६ कल्याण शताब्दी वर्षसम्म १०० भन्दा बढी पुस्तकहरुलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य रहेको जानकारी
गराउनु रहेको जनाइएको छ।
कार्यक्रममा पुशपतिनाथका भट्ट गिरीश रावल भट्टले आशीर्वाद प्रदान गरेका थिए। यसैगरी विशिष्ट अतिथिहरु पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, श्री वेंकटेश मंदिरका मठाधीश पद्मधराचार्य, प्रमुख अतिथि पशपुति क्षेत्र विकास कोषका सदस्यसचिव सुभाष चन्द्र जोशीले मन्तव्य दिएका थिए।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट उपाध्यक्ष भरत कुमार तोदीले धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं महासचिव अञ्जनी नन्दन मारुले गरेका थिए। कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकि संस्कृत विद्यापीठ, विद्याश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्धप्रतिष्ठित महानुभावहरु, विद्वतवर्गको उल्लेख्य उपस्थिति रहेका थियो।
Shares

प्रतिक्रिया