समाज


नेपालबाट हट्यो ‘दित्वा’ चक्रवातको प्रभाव

नेपालबाट हट्यो ‘दित्वा’ चक्रवातको प्रभाव

चक्रवातको सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ८:२६, काठमाडौँ

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि केही दिन नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित दित्वा चक्रवातको आंशिक प्रभाव परिरहेको थियो। 

मौसम महाशाखाले आज मंगलबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भने हुस्सु लागेको छ।

बुलेटिनअनुसार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

नेपालमा हिजो मंसिर १५ अर्थात् डिसेम्बर १ देखि विन्टर सिजन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad