युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसले राखेको सर्त पूरा गर्न कठिन रहेको बताएका छन्।
युद्ध अन्त्यका लागि रुससँगको शान्ति वार्ताबारे प्रतिक्रिया दिँदै उनले देशको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी आफ्नो प्राथमिकता रहेको बताएका हुन्।
बीबीसीका अनुसार जेलेन्स्कीले भने, ‘भौगोलिक सीमाको मुद्दा सबैभन्दा कठिन छ, किनकि रुसले पूर्वी डोनबासका क्षेत्र त्याग्न माग गरिरहेको छ।’
तर युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ती क्षेत्र छाड्न नसिकने अडान लिइरहेको छ।
जेलेन्स्कीले पेरिसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गरेपछि उक्त अभिव्यक्ति दिएका हुन्।
जुन भेटमा उनले बेलायत, जर्मनी, पोल्यान्ड र इटालीलगायत धेरै युरोपेली नेताहरूसँगको वार्तामा भाग लिएका थिए।
यसैबीच युक्रेन र अमेरिकाका प्रतिनिधिहरूले फ्लोरिडामा दुई दिनको बैठक सम्पन्न गरेका छन्।
बैठकले शान्ति योजना संशोधनमा काम गरिरहेका छन्। अमेरिकाले तयार पारेको उक्त शान्ति योजना रुसपक्षीय भएको आरोप लागिरहेको छ।
Shares

प्रतिक्रिया