काठमाडौँको सोल्टीमोडबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको साबिकको मनहरी गाउँपालिका ५ घर भइ हाल सोल्टीमोड बस्ने वर्ष ३० को सन्तोष गुरूङ रहेका छन्।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटि गएको टोलीले उनलाई सोधपुछ तथा अनुसन्धान गर्दा निजले सोल्टीमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाडीमा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा रिभल्वर थान-१ फेला परेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
साथै, गुरुङ यसअघि प्रहरी वृत्त कालिमाटीबाट अभद्र व्यवहार र प्रहरी वृत्त स्वयम्भूबाट चोरी मुद्दा समेत दर्ता भएको देखिएको छ।
63
Shares

प्रतिक्रिया