नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र विद्या भण्डारी समर्थित ईश्वर पोखरेलबीच हुने प्रतिस्पर्धामा यहाँबाट चयन भएका तटस्थ प्रतिनिधिले महत्वपूर्ण अर्थ राख्नेछन्।
सुदूरपश्चिमबाट चयन भएकामधये कैलालीबाट सर्वाधिक ३२ जना छन्। त्यस्तै कञ्चनपुरबाट २०, बैतडीबाट १४, बाजुरा र दार्चुलाबाट १२-१२, बझाङबाट ११, अछामबाट १०, डोटीबाट ९ र डडेल्धुराबाट ५ जना प्रतिनिधि चयन भएका छन्।
सुदूरपश्चिममा प्रदेशमा पनि अन्तजस्तै पछिल्लो समय २ समूहको विभाजन देखिएको थियो।
ओली वा विद्या भण्डारी कुनैको पक्षमा पनि नखुलेका प्रतिनिधिको संख्या पनि धेरै छ। यही संख्या नै महाधिवेशनमा निर्णायक हुनेछ।
महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका पालिका अध्यक्षले छोडे एमाले
सुदूरपश्चिमका प्रतिनिधिको सूची हेर्नुहोस्
Shares

प्रतिक्रिया