समाज


बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १२:५४, काठमाडौँ

आज (आइतबार) दिउँसो १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 

सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ।

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्। 

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङसहित आसपासका स्थानीयमा त्रास फैलिएको छ। 

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले चेतावनी जारी गरेको छ।

विपद् कुनै बाजा बजाएर नआउने भन्दै प्रशासनले भूकम्पसहितका प्राकृतिक विपद्‌बाट जोगिन सजग र सतर्कता अपनाउन स्थानीय नागरिकलाई सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad