शनिबारको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार (आज) केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो।
हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ६.७ डिग्री सेल्सियस भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यसबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम अरू कम हुन सक्छ।
मूलत: देशभर चिसो बढिरहेको भए पनि तापक्रम भने थोरै तलमाथि भइरहन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।
हिजो शनिबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम विवरण:

Shares

प्रतिक्रिया