समाज


काठमाडौँबाट पोखरा गएको बुद्ध एयरको जहाज चरासँग ठोकियो

काठमाडौँबाट पोखरा गएको बुद्ध एयरको जहाज चरासँग ठोकियो

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०८२ शनिबार १६:४६, काठमाडौँ

काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज चरासँग ठोकिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरकाे नाइन एन-एओसी (9N-AOC)  कलसाइन भएको जहाजमा चरा ठोकिएको हो।  

जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका छन्।  

'जहाजमा चरा ठोकियो। सामान्य हो खासै त्यस्तो क्षति केही छैन तर पनि यसका लागि बुद्ध एयरकै प्राविधिकहरूले जाँच गरिरहेका छन्,' पोखरा विमानस्थलका महाप्रबन्ध निर्देशक जगन्नाथ निरौलाले नेपालखबरसँग भने, 'उनीहरूको प्राविधिकले अब उड्नका लागि तयार छ भनेपछि नागरिक उड्डययनका इन्जिनियर/प्राविधिकहरूले फेरि जाँच गरेपछि मात्रै उक्त जहाजले उडान अनुमति पाउँछ।'

उनले पोखरा विमानस्थल धेरै चरा गतिविधि हुने क्षेत्रमा रहेको पनि बताए। 'यहाँ नजिकै पहिले डम्पिङ साइड थियो। त्यसले गर्दा विमानस्थलमा चरा धेरै आउने गरेका थिए। अहिले फेरि चरा बसाइँसराइको समय छ,' उनले भने, 'पोखरामा स्वदेशी तथा विदेशी चराहरू बसाइँ सरेर चरनका लागि आउने गरेका छन्। चरा धपाउने काम निरन्तर विमानस्थलले गरिरहँदा पनि घटनाहरू भइरहेका छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad