समाज


आज यस्तो रहनेछ मौसम

आज यस्तो रहनेछ मौसम

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ८:२८, काठमाडौँ

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज शनिबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले तराई तथा उपत्यकाका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad