समाज


काठमाडौंमा लुटपाट गर्ने समूहका तीनजना पक्राउ, ३२ वटा मोबाइलसहित नगद र सुन बरामद

काठमाडौंमा लुटपाट गर्ने समूहका तीनजना पक्राउ, ३२ वटा मोबाइलसहित नगद र सुन बरामद

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १८:१२, काठमाडौँ

काठमाडौं उपत्यकामा हिँड्दा हिँड्दै मोबाइल, पर्स जस्ता सामान लुटपाट गर्ने गिरोहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा उदयपुर जिल्लाको मुकुर्ची घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २० को अमृत तामाङ, रामेछापको फुलासी घर भएका वर्ष २६ को सागर घिसिङ र सुनसरीको इनरुवा नगरपालिका २ का वर्ष ४५ को पशुपति प्रजापति रहेका छन्।

उनीहरू शृङ्खलाबद्ध चोरी तथा लुटपाटमा संलग्न रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानहरूमा दिउँसो तथा रातिको समयमा धारिलो हतियार (चक्कु) समेत देखाई लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूबाट लुटपाट कार्यमा प्रयोग गरिएको बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

सोधपुछका क्रममा निजहरूले चोरी गरेको धनमाल पशुपति प्रजापतिलाई बिक्री गरेको भनि बताए बमोजिम प्रजापति समेतलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उपर चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरूबाट बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइलहरू थान - ३२, सुनको जस्तो देखिने सिक्री थान - १ (१२.२५० ग्राम), नगद रु. ६ हजार ४९५बरामद भएको छ।
अनुसन्धानका क्रममा उनीहरू ज्याठा रोडमा पैदलयात्री महिलाको सिक्री लुटी फरार भएको, सरस्वती क्याम्पस अगाडी पैदलयात्री पुरुष व्यक्तिको सामसुङ कम्पनीको मोबाइल थान - १ र नगद रु ४,००० (चार हजार रुपैयाँ) लुटी फरार भएको, पक्नाजोल स्थित सडक खण्डमा पैदलयात्री पुरुष व्यक्तिको आईफोन १६ प्रो म्याक्स मोबाइल लुटी फरार भएको, सोह्रखुट्टे नजिकै पैदलयात्री व्यक्तिको रियलमी कम्पनीको मोबाइल  र पर्स सहित नगद रु ७,००० (सात हजार रुपैयाँ), नबिल बैंकको एटीएम कार्ड , एनआईसी एसिया बैंकको एटीएम कार्ड लुटी फरार भएको पाइएको छ।

यसैगरी नयाँबजार स्थित सडक खण्डमा पैदलयात्री व्यक्तिको नगद रु. २४ हजार रुपैयाँ लुटी फरार भएको, म्हैपी स्थित सडक खण्डमा पैदलयात्री पुरुष कम्पनीको मोबाइल, चाँदीको सिक्री थान - २ लुटी फरार भएको पाइएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad