झापामा आज बिहान एउटा इलेक्ट्रिक पसलमा आगलागी भएको छ।
बिर्तामोड नगरपालिका ५ सिटिसेन्टरमा रहेको अनुकुल ईलोक्ट्रोनिक्स पसलमा आगलागी भएको हो।
सीसी क्यामेराको तार सर्ट भई आगलागी हुँदा ईलोक्ट्रोनिक्स सामानहरू जलेर नष्ट भएको छ।
उक्त पसल झापाको अर्जुनधारा-६ बस्ने सुनिल क्षेत्रीले संचालन गर्दै आएका थिए। आगलागीबाट एक लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया