समाज


सडकमा हिँडिरहेकी महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ

सडकमा हिँडिरहेकी महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १९:१९, काठमाडौँ

महिलाको ब्याग लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

यही मंसिर ८ गते अन्दाजी सवा ५ बजेको समयमा तारकेश्वर नगरपालिका ११ नेपालटार स्थित सडक खण्डमा हिँडेर घर फर्किने क्रममा एक महिलाको साथमा रहेको नगद रकम, बैंकका चाबीहरू, मोबाइल सेट सहितको महत्वपूर्ण कागजातहरू भएको लेडीज ब्याग लुटपाट भएको थियो।

ब्याग लुटी मोटरसाइकलमा फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा मंसिर ९ गते अन्दाजी ११ बजेको समयमा तारकेश्वर नगरपालिका ८ सुकुम्बासी टोलबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

साथै, उनीहरू विभिन्न मितिमा मोटरसाइकलमा आई लेडिज झोला लुट्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। हालसम्म ३ थान लेडिज झोला लुटपाट गरेको भनी चोरी शीर्षकमा ३ वटा जाहेरी दर्खास्त प्राप्त भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मानिसहरूमा जिल्ला स्याङ्जा, वालिङ नगरपालिका ११ डौवा घर भइ काठमाडौं, तारकेश्वर नगरपालिका ४ बस्ने वर्ष २७ को ईश्वर बुढाथोकी, नुवाकोट, गोस्याङ घर भइ जिल्ला तारकेश्वर नगरपालिका ४ गुहेश्वरी बस्ने वर्ष २० को विशाल राई, नुवाकोटकै किस्पाङ गाउँपालिका घर भइ तारकेश्वर नगरपालिका ८ शिवमन्दिर बस्ने वर्ष १८ को साजन तामाङ र नुवाकोट, चौगाडा घर भइ जिल्ला तारकेश्वर नगरपालिका ८ शिवमन्दिर बस्ने वर्ष १९ को समिर तामाङ रहेका छन्।

बरामद दसीका सामानहरू
१.    लेडिज ब्याग थान - २ 
२.    विभिन्न कम्पनीका मोबाइल सेटहरू थान - ११ 
३.    चाबीको झुप्पो थान - ५ (सानो ठूलो विभिन्न संख्यामा चाबीहरू भएको)
४.    चाबी थान - ४ 
५.    ना.प्र.प. प्रतिलिपि थान - १ 
६.    नागरिक लगानी कोषको कार्ड थान - २ 
७.    बैंकको आइडि कार्ड थान - १ 
८.    लेडिज हाते पर्स थान - १ 
९.    गर गहना राख्ने ब्याग थान - २ 
१०.    पहेँलो र रातो रङको पोते थान - १ 
११.    तौल १२.६३० ग्राम भएको सुनको जस्तो देखिने कानमा लगाउने झुम्का थान - २ 
१२.    तौल ७.८ लाल भएको सुनको जस्तो पहेँलो कानमा लगाउने टप थान - १ 
१३.    विभिन्न दरका नेपाली रुपैयाँ रु. २,५०५।- (दुई हजार पाँच सय पाँच रुपैयाँ)
१४.    टिफिन बक्स, कस्मेटिक सामानहरू, पेन ड्राइभ, एटीएम कार्ड, प्यान कार्ड, इयरफोन, चाबी राख्ने ब्याग आदि। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad