राजनीति


राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दलको निवेदन

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दलको निवेदन

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १९:३२, काठमाडौँ

आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १३ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

आयोगले आज विज्ञप्ति प्रकाशित गरी यही मंसिर १ देखि ७ गतेसम्म दिएको समय अवधिमा १३ वटा दल आयोगमा दर्ता भएका जनाएको छ।

यस्तै, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज (मंसिर १०) सम्म ८० वटा दल दर्ता भएका छन्।

आजसम्म दल दर्ताको समय रहेकोमा निर्वाचन आयोगले चार दिन समय थपेको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीक अनुसार अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ देखि आजसम्मको समय दिएको थियो।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad