समाज


ठमेलमा पर्यटकलाई हैरानी, अनुगमन टोलीमाथि दुर्व्यवहारः १३ जना पक्राउ

ठमेलमा पर्यटकलाई हैरानी, अनुगमन टोलीमाथि दुर्व्यवहारः १३ जना पक्राउ

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १९:५, काठमाडौँ

काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गराउने १३ जना पक्राउ परेका छन्।

ठमेल पर्यटन विकास परिषदका पदाधिकारी सहित प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा अनुगमन गर्दा उनीहरूले अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका ५ घर भइ काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने वर्ष १९ को बादल तामाङ, बाजुराको बडिमालिका नगरपालिका ४ घर भइ जिल्ला काठमाडौंको तारकेश्वर नगरपालिका–११ मनमैजु बस्ने वर्ष २२ को गणेश नाथ, तनहुँको बन्दिपुर गाउँपालिका–३ घर भइ तारकेश्वर–९ गोलढुङ्गा बस्ने वर्ष २४ को विशाल थापा मगर, सिन्धुलीको दुधौली नगरपालिका ६ घर भइ काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने वर्ष २० को गणेश तामाङ र सर्लाहीको बागमती नगरपालिका २ घर भइ काठमाडौं महानगरपालिका २६ गल्कोपाखा बस्ने वर्ष १९ को सागर मगर रहेका छन्। 

यसैगरी प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २१ घर भइ काठमाडौं महानगरपालिका १६ पकनाजोल बस्ने वर्ष २२ को रमेश क्षेत्री, दोलखा गौरिशंकर गाउँपालिका २ घर भइ भक्तपुर चाँगुनारायण बस्ने वर्ष १९ को विशाल नेपाली, रामेछाप बाम्तेभण्डर घर भइ जिल्ला काठमाडौं गोंगबु बस्ने वर्ष २१ को मिलन नेपाली, गोरखाको गोरखा नगरपालिका ४ घर भइ  काठमाडौं महानगरपालिका–१६ कालधारा बस्ने वर्ष २२ को बिवश खनखवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

सो कार्यमा संलग्न बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ घर भइ काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष २३ को अभिषेक थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका १ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजु बस्ने वर्ष २२ को संजय लामा, दाङ घोराही उपमहानगरपालिका १४ घर भइ तारकेश्वर–११ शेषमती बस्ने वर्ष २० की प्रतिमा डाँगी र दाङको घोराही उपमहानगरपालिका १४ घर भइ शेषमती बस्ने वर्ष २१ की प्रमिला पुन मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad