काठमाडौँ उपत्यकामा गरिएको एक अध्ययनले ४० वर्ष माथिमा ९७ प्रतिशत व्यक्तिमा आँखा सम्बन्धी समस्या देखिएको छ।
तिलगंगा आँखा अस्पतालले काठमाडौंमा ६ महिनाभन्दा बढी बसोबास गरेका ४० वर्ष उमेर समूह माथिमा ४ हजार ९९० जनामा गरेको अध्ययनले ९७ प्रतिशत अर्थात ४ हजार ४८७ जना व्यक्तिको आँखामा समस्या देखिएको हो।
आँखामा समस्या देखिए मध्येका ८० प्रतिशत व्यक्तिमा टाढाको देख्न नसक्ने समस्या देखिएको छ भने ४१ प्रतिशत व्यक्तिमा मोतिबिन्दुको समस्या देखिएको छ।
अनुसन्धान सार्वजनिक गर्दै अस्पतालले नसर्ने रोगका कारण आँखामा समस्या देखिने दर बढेको जनाएको छ।
अनुसन्धानले उच्च रक्तचाप र मधुमेहका कारण आँखामा समस्या देखिने दर बढेको देखाएको छ। अनुसन्धानमा सहभागी मध्ये ६९ प्रतिशतमा उच्च रक्तचाप र ४७ प्रतिशत मधुमेह रोगी थिए।
ति मध्ये उच्च रक्तचाप भएका मध्ये १ प्रतिशत व्यक्तिमा हाइपरटेन्सिभ रेटिनोप्याथी र मधुमेह भएका मध्ये ७ प्रतिशतमा डायबेटिक रेटिनोप्याथी देखिएको छ।
अनुसन्धानले आँखामा समस्या देखिएपछि ७१ प्रतिशत व्यक्ति अस्पताल गएको देखाएको छ।
तिलगंगा आँखा अस्पतालले ५० देखि ५९ वर्ष उमेरमा ६१ प्रतिशत महिला र ४० वर्ष माथिका ३९ प्रतिशत पुरुषको आँखा परीक्षण गरेर अध्ययन गरेको थियो।
Shares

प्रतिक्रिया