राजनीति


कांग्रेस विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः चिन्ता भए पनि धेरै बोल्न मिल्दैन‚ मिलेर जानुहोस्

कांग्रेस विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः चिन्ता भए पनि धेरै बोल्न मिल्दैन‚ मिलेर जानुहोस्

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १७:४६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न निमल्ने बताएका छन्। 

सोमबार आफूलाई भेट्न शीतलनिवास पुगेका नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग कुरा गर्दै उनले आफूलाई कांग्रेसको चासो र चिन्ता भएपनि बोल्न नमिल्ने बताए। भेटबारे जानकारी दिँदै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुनले आफूहरूले पार्टीको विषयमा कुरा उठाएको बताए। 

‘तपाईं कांग्रेसमात्र होइन सबै दलको अभिभावक हो। त्यसमाथी झन् कांग्रेसको अभिभावक हो। कांग्रेसको वेथितीलाई थितीमा लैजानु पर्छ भनेर नेतृतवलाई सम्झाइदिनुहोस भनेर हामीले भन्यौँ‚’ पुनले भने‚‘विधि विधानको विषय नेतृत्वलाई सम्झाइदिन अनुरोध गर्‍यौं।’

जवाफमा राष्ट्रपति पौडेलले नियमित वा विशेष जे महाधिवेशन गरे पनि मिलेर अघी बढ्न सुझाव दिएको उनले बताए।
‘म यस पदमा भएर धेरै कुरा गर्न मिल्दैन । मैले गर्न सक्ने कुरा गरेकै छु र गर्ने नै छु। मिलेर जानुस्। नियमित वा विशेष जे गर्दा हुन्छ त्यही गर्नुहोस् भन्नु भयो‚’ राष्ट्रपति पौडैलको भनाइ उदृत गर्दै पुनले थपे।

राष्ट्रपति पौडेललाई भेट्न नेताहरू पुनसहित गुरूराज घिमिरे‚ देवराज चालिसे‚नरेन्द्र केरूङ‚ सुवास भट्टराई‚ रमेश धमला‚ बलदेव तिम्सिना‚जनक गिरी लगायत पुगेका थिए। एक घण्टासम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो। 

‘निर्वाचनको वातावरण कस्तो छ? साँच्चै निर्वाचन हुन्छ भने हामी कस्सिएर लाग्छौँ भनेर पनि हामीले भन्यौ‚’ पुनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad