ad ad

समाज


बारा र पर्साका ३ मा कोरोना संक्रमण पुष्टि, संक्रमित रहेका क्षेत्र सिल

बारा र पर्साका ३ मा कोरोना संक्रमण पुष्टि, संक्रमित रहेका क्षेत्र सिल

शैलेन्द्र महतो
बैशाख १७, २०७७ बुधबार ११:२४,

बुधबार प्रदेश २ मा तीन जनामा मात्र कोरोना संक्रमण पाइएको समाजिक विकास मन्त्रालयले प्रष्ट पारेको छ।

बारामा २ जना र पर्सामा १ जना गरी तीन जनामा मात्र पीसीआर परीक्षणमार्फत कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले प्रेस ब्रिफिङमा स्पष्ट पारेका हुन्।

यसअघि बुधबार बिहान सचिव घिमिरेले बारामा २ र पर्सामा २ जना कोरोना संक्रमित भएको सञ्चारकर्मीलाई जानकारी दिएका थिए। एकदिन अघिको एक जना कोरोना पोजेटिभ व्यक्तिको भूलबस जोडिएकाले ४ जना भएको उनले स्वीकार गरेका छन्।

बुधबार फेला परेका संक्रमितहरुमा बारा जिल्लाको जितपुर सिमरास्थित अस्थायी विशेष कोरोना अस्पतालको क्वारेन्टिनमा बसिरहेका ३१ वर्ष र ४३ वर्षका पुरुष छन्।

त्यस्तै पर्सा घर भइ सिम्रौनगढ नगरपालिका ४ घर भइ हाल जीतपुर सिमरा उपमहानगरपालिका वडा १९ को एक मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवकमा कोरोना भेटिएको सचिव घिमिरेले बताए। छिमेकी मुलुक भारतको एक धार्मिक कार्यक्रममा सहभागी हुन गएका ती युवक फागुन २८ गते नेपाल फर्केका थिए।

यस्तै जितपुर सिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय पुरुष पनि फागुन २८ गते नै ३१ वर्षीय युवकसँगै नेपाल आएका थिए। उनी आफ्नै घरमा बस्दै आएका थिए।

वैशाख १४ गते पर्साको वीरगञ्ज महानगरपालिका १६ छप्कैयामा ५० वर्षीय पुरुष र वडा नं. ३ का ४८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङको क्रममा उनीहरुको विवरण आएपछि ती ३१ र ४३ वर्षीय पुरुषको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु, काठमाडौंमा परीक्षणको लागि पठाइएको थियो।

उनीहरुलाई १४ गते नै सिमराको अस्थायी विशेष कोरोन अस्पतालको क्वारेन्टिनमा राखिएको थियो।

त्यस्तै बुधबार नै पर्साको वीरगञ्ज महानगर २ का ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। १४ गते कोरोना भएकाको सम्पर्कमा गएको विवरण प्राप्त भएपछि ४६ वर्षीय ती पुरुषलाई वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो।

बुधबार तीनै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको सचिव घिमिरेले जानाकरी दिए। उनका अनुसार कोरोना संक्रमित भेटिएका सबै क्षेत्रहरु सिल गरी कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .