समाज


जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ५, काठमाडौँमा कति?

जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ५, काठमाडौँमा कति?

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १०:५, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो द्रुत गतिमा बढिरहेको छ। 

यसै क्रममा आज (आइतबार) बिहान जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ५ डिग्री सेल्सियसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ। 

यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा ओर्लिएको छ। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस थियो भने एक दिनमै स्वाट्टै घटेर शनिबार ८.५ डिग्रीमा सेल्सियसमा झरेको थियो। आज यसबाट पनि तल पुगेको हो। 

यस्तो छ मौसम महाशाखाले अहिलेसम्म उपलब्ध गराएको तापक्रम विवरण:

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

अत: माथिको सूचीमा न्यूनतम तापक्रम आजका हुन् भने अधिकतम हिजो शनिबारका। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad