ग्लोबल


गाजामा इजरायलले गर्‍यो हवाई आक्रमण, २२ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायलले गर्‍यो हवाई आक्रमण, २२ प्यालेस्टिनीको मृत्यु

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धविराम भएदेखि इजरायली आक्रमणमा ३०० भन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ।


नेपालखबर
मंसिर ७, २०८२ आइतबार १०:२२, काठमाडौँ

उत्तरी र मध्य गाजामा इजरायलले शनिबार गरेको हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टिनी मारिएका छन्।

बीबीसीका अनुसार हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीले यो जानकारी दिएका हुन्।

अधिकारीहरूले शनिबार आवासीय क्षेत्रसहित पाँच स्थानमा इजरायलले आक्रमण गरेको बताएका छन्।

स्थानीय स्रोतहरूले मारिएकामा हमासका एक वरिष्ठ कमान्डर पनि रहेको जनाएका छन्। 

इजरायली सेनाले भने एक सशस्त्र व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर इजरायल-नियन्त्रित क्षेत्रमा प्रवेश गरेर सैनिकहरूमाथि गोली चलाएको दाबी गरेको छ। 

तर हमासले यो आरोप अस्वीकार गरेको छ।

दुवै पक्षले ६ हप्ताअघि भएको युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप एकअर्कालाई लगाएका छन्।

गाजा स्वास्थ्य मन्त्रालयले युद्धविराम लागु भएपछि पनि इजरायलले गरेको आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad