समाज


जैविक तटबन्ध बनेपछि हट्यो बाढीको डर (तस्बिरहरू)

जैविक तटबन्ध बनेपछि हट्यो बाढीको डर (तस्बिरहरू)

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १२:२३, काठमाडौँ

हरेक वर्ष मनसुन सुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरमा नदी तटीय क्षेत्रका बासिन्दा त्राहिमाम हुन्थे। 

गाउँ डुबानमा पर्थ्यो। खेतबारी बगर बग्थे। घर छाडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो। तर अब त्यो डर हराएको छ।

कारण थियो- नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध।

समुदाय स्तरीय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ।

बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौँ नदीतटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ।

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन्।

यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीव्र बनेको छ।

बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ।

आजको फोटो फिचरमा बाँके, बर्दिया, कञ्चनपुर बनाइएका जैविक तटबन्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad