नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रमअन्तर्गत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटनविरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।
शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप आज राजधानीमा शक्ति प्रर्दशनसहित भृकुटीमण्डपमा जनसभा गर्न लागेको हो। आजको जनसभामा ६० हजार मान्छे उतार्ने एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको दाबी छ।
प्रर्दशनमा सहभागी हुन उपत्यका आसपासबाट कार्यकर्ता राजधानी केन्द्रित छन्। एमालेको प्रर्दशनलाई लक्षित गरेर आज उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानैदेखि राजधानीको सडकमा व्यापक प्रहरी परिचालन गरिएको छ।

















204
Shares

प्रतिक्रिया