समाज


‘बारा वार्ता’मा सुदन गुरुङ पनि सहभागी

‘बारा वार्ता’मा सुदन गुरुङ पनि सहभागी

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १७:२९, काठमाडौँ

बाराको पथलैयामा ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ। सशस्त्र प्रहरी रुद्रवाहिनीमा वार्ता सुरु भएको हो। 

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए। 

बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो। त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कर्फ्यू’ लगाउनुपरेको थियो। प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ। 

आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन्। उनीहरू वार्तामा सहभागी भएपछि निष्कर्षमा पुगिने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad