सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त तीन सदस्य पदमध्ये दुईमा नियुक्ति गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै डा प्रकाश बुढाथोकी र डा इन्द्रकुमार झालाई काउन्सिल सदस्यमा नियुक्ति गरेकी हुन्।
नवनियुक्त काउन्सिल सदस्य डा बुढाथोकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुन्।
उनलाई डेन्टल समूहका तर्फबाट काउन्सिलमा प्रतिनिधित्व गराइएको हो।
डा झा वीर अस्पतालमा कार्यरत छन्। उनलाई मेडिकल समूहबाट काउन्सिल सदस्य बनाइएको हो।
काउन्सिलमा अब एक सदस्य पद खाली छ।
144
Shares

प्रतिक्रिया