चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटनामा एक युवको ज्यान गएको छ। भरतपुर महानगरपालिका-१४ बरौजी चोकस्थित सडकमा बा प्र ०६-००२ प ७४१९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतोको मृत्यु भएको हो।
उक्त मोटरसाइकल ना २५ प ९७४९ नम्बरको स्कुटरसँग ठक्कर खाँदा मोटरसाइकल चालक महतो उछिट्टिएर बा प्र०६-००१ क ०२०६ नम्बरको बसमा ठक्कर खाई गम्भीर घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
45
Shares

प्रतिक्रिया