समाज


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:२७, काठमाडौँ

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ फुटबल ग्राउण्डस्थित सडकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

सिन्धुपाल्चोक बाह्रबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय दिलबहादुर श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad