समाज


मिथिला नगरपालिका ७ का वडाध्यक्ष उप्रेतीको हृदयघातबाट मृत्यु

मिथिला नगरपालिका ७ का वडाध्यक्ष उप्रेतीको हृदयघातबाट मृत्यु

शैलेन्द्र महतो
बैशाख १६, २०७७ मंगलबार १२:५८,

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ का वडाध्यक्ष युवराज उप्रेतीको ह्रदयघातबाट मृत्यु भएको छ।

५५ वर्षीय उप्रेतीको मंगलबार अपरान्ह ५ बजे मृत्यु भएको मेयर हरिनारायण महतोले जानकारी दिए।

वडाध्यक्ष उप्रेती धनुषामा विकासे योजनाको निरीक्षण गर्न मेयर र उपमेयरसँगै गएका थिए। पर्यटकीय स्थल मिथिला नगरपालिकाकै आफ्नै वडामा रहेको मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न नगरपालिकाको टोली पुगेको थियो।

मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै योजना निरीक्षणमा पुगेका वडाध्यक्ष उप्रेती अकस्मात बेहोस भएर ढलेका थिए। उपचारको लागि जनकपुर लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको मेयर महतोले जानकारी दिए।

उप्रेती पूर्व माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .