समाज


दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनको व्यंग्यात्मक प्रश्न- भाइसँग पैसा उमार्ने जादु छ?

दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनको व्यंग्यात्मक प्रश्न- भाइसँग पैसा उमार्ने जादु छ?

नेपालखबर
मंसिर १, २०८२ सोमबार ६:२९, काठमाडौँ

शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्। 

आइतबार साँझ सामाजिक सञ्जालमार्फत् पुनले प्रसाईँले बैंकको ऋण मिनाहा र सुरक्षाकर्मी तथा शिक्षक, कर्मचारीको तलब बढाएर एक लाख पुर्याइदिने भनेर दिएका अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्। 

‘साह्रै अचम्म लाग्यो दुर्गा प्रसाईँ भाइले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्‍याइदिने र २० लाख रुपैयाँभन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन्,’ पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्‍यो। अनि ऋण मिनाहा गरिदिन पैसा चाहियो। त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन्? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग?

हिजो मात्रै प्रसाईँले निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गरेका थिए। प्रसाईँले दल दर्ता गरेकै साँझ शिक्षामन्त्री पुनले उनलाई व्यंग्य गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad