समाज


नयाँ आईजीपी नियुक्तिपछि पहिलोपटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

नयाँ आईजीपी नियुक्तिपछि पहिलोपटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १०:३३, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थाबारे छलफल गर्न आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। 

दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि पहिलोपटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको हो। 

बैठक गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो ३ बजे मन्त्रालयमा बस्ने उनको सचिवालयले जनाएको छ। 

बैठकमा निर्वाचन सुरक्षाको तयारीबारे छलफल हुने बताइएको छ। 

कार्कीलाई यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad