समाज


आज कस्तो छ देशभरको मौसम?

आज कस्तो छ देशभरको मौसम?

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ६:३०, काठमाडौँ

आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जसले गर्दा केही प्रदेशका पहाडी भागमा छिटफुट वर्षा बाहेक देशभर मौसम सफा रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। अन्य प्रदेशमा भने आज दिनभर मौसम सफा रहनेछ। 

आज राति कोशी र र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा भने आज राति पनि मौसम सफा रहने महाशाखाको आकलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad