काठमाडौँको शंखरापुर नगरपालिका १ छापभञ्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। छापभञ्ज्याङको ढकालगाउँस्थित सडकमा प्रदेश ३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भएका ३५ वर्षीय एक बहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
156
Shares

प्रतिक्रिया