समाज


लागु पदार्थ खाएर मोटरसाइकल चलाउने ३ पठाओ चालकसहित काठमाडौँबाट ६ जना पक्राउ

लागु पदार्थ खाएर मोटरसाइकल चलाउने ३ पठाओ चालकसहित काठमाडौँबाट ६ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १३:३३, काठमाडौँ

लागुपदार्थ खाएर सवारी चलाउने ६ जनालाई ट्राफिक प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ। 

विभिन्न ठाउँबाट पक्राउ परेका ती चालकलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिइएको छ। उपत्यकाभरिमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ।

नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका– ६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका– ६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ का ४७ वर्षीय सुरजकुमार बजगाईं, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका– ४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको प्रवक्ता सुवेदीले बताए।

नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी मापद पदार्थ र लागुपदार्थलगायतका जाँचमा सधैँ सक्रिय रूपमा खटिएको र नसालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्, मापसे, लापसे गरी सावरी चलाए धेरैको ज्यान जोखिममा हुन्छ। उक्त कार्य नगर्न हामी आग्रह गर्दछौँ, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad