ललितपुरको दक्षिणी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकास्थित वाग्मती नदीमा एक व्यक्ति मृत फेला परेका छन्।
वाग्मती गाउँपालिकाको वडा नम्बर १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही वडाका ४८ वर्षीय कालीबहादुर थिङ मृत भेटिएका हुन्।
मकवानपुरबाट घर फर्किने क्रममा नदी तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त (चापागाउँ) का प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
‘हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोस्मार्टमका लागि लगेका छौं।’
केही दिनदेखि पानी परिरहेकाले नदीमा बाढी आई उनलाई बगाएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ।

प्रतिक्रिया