समाज


प्रहरीमाथि दुर्व्यवहार र हतियार लुटपाट गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

प्रहरीमाथि दुर्व्यवहार र हतियार लुटपाट गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १७:५७, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिराहा जिल्लाको सिरहा नगरपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने वर्ष २२ को सेख सिद्धिकी रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनलाई सोमबार नियन्त्रणमा लिइ कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद भएको छ।

सिद्धिकीमाथि आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी पवन कुमार भट्टराईले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad