समाज


जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना दाङबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना दाङबाट पक्राउ

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार २१:४२, काठमाडौँ

घोराही (दाङ) दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ। 

घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर, सल्यानको छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद् बस्नेत र घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती रहेका छन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad