समाज


जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गरेको आरोपमा कास्कीबाट दुईजना पक्राउ

जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गरेको आरोपमा कास्कीबाट दुईजना पक्राउ

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार २०:४०, काठमाडौँ

गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरू, व्यक्तिगत घर पसलहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा गोरखा स्थायी वतन भई हाल कास्कीको पोखरा महानगरपालिका-५ बस्ने वर्ष २८ को दिपक कुँवर र धादिङ स्थायी वतन भई हाल पोखरा-५ बस्ने वर्ष २३ को दीपक राना मगर रहेका छन्।

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको कोठाबाट चोरीका विभिन्न सामानहरू बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उपर कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा चार दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।

उनीहरूको साथबाट प्रहरीले डेल कम्पनीको सीपीयू ३ थान,डेल कम्पनीको मनिटर – १ थान, किवोर्ड, माउस, - ३/३ थान,क्यानन कम्पनीको प्रिन्टर – १ थान, मन्टिप्लग – २ थान, हान्ना इन इन्स्ट्रुमेन्टस लेखिको मेसिन सहितको डिब्बा -१ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेको स्मार्ट कार्ड -३६ थान र बा ५९ प ८४३८ नं.को २२० सि.सि.को मो.सा बरामद भएको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad