समाज


यात्रु ओरालेर खाली गाडी काठमाडौंमा, ५० बढी यात्रु नागढुंगामै अलपत्र

यात्रु ओरालेर खाली गाडी काठमाडौंमा, ५० बढी यात्रु नागढुंगामै अलपत्र

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ११:०,

देशका विभिन्न ठाउँबाट राजधानी आएका ५० बढी यात्रु नागढुंगामा रोकिएका छन्।

सोमबार बिहान बसमा काठमाडौं आउँदै गरेका उनीहरुलाई नाकढुंगा चेकपोस्टमा रोकिएको हो।

यात्रु लिएर काठमाडौं भित्रिन प्रहरीले नदिएपछि सबै यात्रु नागढुंगामै ओराले खाली गाडी काठमाडौं प्रवेश गरेका थिए। कोरोना संक्रमणको जोखिमका कारण भन्दै यात्रुलाई रोकेर खाली गाडीलाई भने प्रहरीले काठमाडौं आउन दिएको थियो।

यात्रु रोकिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौंका प्रहरी प्रमुख श्यामराज ज्ञवाली र ट्राफिक महाशाखाका प्रमुख भीम ढकाल नागढुंगा पुगेका थिए। सो टोलीले अलपत्र यात्रुलाई तत्काल काठमाडौं प्रवेश गर्न नदिन निर्देशन दिएको थियो। तर धेरैजसो यात्रु भने प्रहरीलाई छल्दै काठमाडौं आइसकेका छन्।

अहिले त्यहाँ करिव ५० जना जति यात्रु रहेको एक सुरक्षाकर्मीले बताए। गाडीले फर्काएर केही पर लगेर छाडेपछि उनीहरु हिँड्दै फेरि नागढुंगा आएका हुन्। नाकढुंगा चेकपोस्टका प्रहरी अधिकारीले भने, ‘सबै एकै ठाउँका छैनन्, कोही पश्चिमका छन्, कोही पूर्वका छन् ५०, ५५ जनाजतिलाई रोकी राखिएको छ।’ उनीहरुलाई साँझ मात्रै छाड्ने प्रहरीको तयारी छ।

यसअघि रातको समयमा यातायात चल्न दिएको गृह प्रशासनले सोमबार बिहान फेरि कडाइ गर्न निर्देशन दिएपछि उनीहरुलाई रोकिएको हो। बिहान ७ बजेपछि काठमाडौं भित्रिएका उनीहरुले राजधानी प्रवेश पाएनन् । लकडाउन सुरु भए पनि रातको समयमा राजधानीबाट ठूलो संख्यामा यात्रु बाहिरिएका थिए। तर, यसबीचमा राजधानी भित्रिनेको संख्या थिएन्।

बाहिरबाट यात्रु आउन दिँदा राजधानीमा थप जोखिम हुने भएकाले यात्रु रोकिएको एसएसपी ढकालले बताए। सरकारले आइतबार १० दिन लकडाउन थप गर्दै थप कडाइ गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .