ad ad

समाज


दाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ८:५५,

 दाङमा ट्याक्टर दुर्घटना हुँदा सोमबार एक युवकको मृत्यु भएको छ।

लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 खोलाबाट बालुवा लिएर घर   बनाउँदै गरेको स्थानमा पुर्‍याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो ट्याक्टरमा दुर्घटना भएकोे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए। चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ।

रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको बताइएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .