समाज


राति दार्चुलामा भूकम्पको धक्का

राति दार्चुलामा भूकम्पको धक्का

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ५:३५, काठमाडौँ

गएराति दार्चुलामा भूकम्प गएको छ। 

दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १० बजेर ४० मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यो भूकम्पको धक्का दार्चुला, कञ्चनपुरसहित आसपासका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा पनि  महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको प्रहरीले जनाएको छ। 

यही कात्तिक ६ गते बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसैगरि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो। 

नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad