ग्लोबल


मम्दानी मेयर बनेपछि साढे ७ लाख मानिसले न्युयोर्क छाड्ने आकलन

मम्दानी मेयर बनेपछि साढे ७ लाख मानिसले न्युयोर्क छाड्ने आकलन

न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानी


नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ५:४८, काठमाडौँ

न्युयोर्कको मेयर पदमा जोहरान मम्दानीको विजयले सहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ।

जे.एल. पार्टनर्सको सर्वेक्षणअनुसार ९ प्रतिशत न्युयोर्कवासी अर्थात् लगभग ७ लाख ६५ हजार मानिसले सहर छाड्न सक्छन्।

यो मुख्यतया धनीहरूमा थप कर लगाउने मम्दानीको नीतिका कारणले हो। उनले चुनावअघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब उठाउने वाचा गरेका थिए। 

यसैबीच टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले चुनावअघि मम्दानीको विजयपछि न्युयोर्कका मानिस टेक्सस आए उनीहरूलाई १०० प्रतिशत कर लाग्ने चेतावनी दिएका थिए। 

न्युयोर्कमा बुधबार भएको मेयरको चुनावमा जोहरान मम्दानीले पूर्वगभर्नर एन्ड्रयु कुओमोलाई हराएका हुन्। 

मम्दानी पछिल्लो १०० वर्षमा न्युयोर्कका सबैभन्दा कान्छो, पहिलो भारतीय-अमेरिकी तथा पहिलो मुस्लिम मेयर हुन्।

२१ लाख मानिस न्युयोर्क छाड्ने विचारमा 

सर्वेक्षणले लगभग २५ प्रतिशत अर्थात् लगभग २१ लाख न्युयोर्कवासीले मम्दानीको विजयपछि सहर छाड्ने विचार गर्न सक्ने दाबी पनि गरेको छ। 

सर्वेक्षण सत्य साबित भयो भने यो अमेरिकी इतिहासको सबैभन्दा ठुलो सहरी बसाइँसराइ हुनेछ। न्युयोर्कको कुल जनसंख्या लगभग ८४ लाख छ।

सर्वेक्षणका मुख्य बुँदा यस्ता छन्:

-९ प्रतिशत न्युयोर्कवासी (७६.५ लाख) ले निश्चित रूपमा सहर छाड्नेछन्।

-२५ प्रतिशत (२१ लाख) मानिसले न्युयोर्क छाड्ने विचार गरिरहेका छन्।

-सबैभन्दा ठुलो बसाइँसराइ स्टेटन आइल्यान्डबाट हुनेछ, जहाँबाट २१ प्रतिशत बासिन्दा तुरुन्तै न्युयोर्क छाड्न तयार छन्।

-१३ प्रतिशत गोरा र ११ प्रतिशत एसियाली बासिन्दाले न्युयोर्क छाड्न सक्छन्।

पोलस्टर जेम्स जोनसनका अनुसार, यदि यति धेरै मानिसले न्युयोर्क छाडे भने यसको आर्थिक प्रभाव अमेरिकाभरि भूकम्पजस्तै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad