जिल्ला अदालत मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम अशुल गर्ने एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा सिराहाको लाहान स्थाई घर भई हाल मोरङ जिल्लाको विराटनगर महानगरपालिका–५ मा डेरा गरी बस्ने वर्ष २७ की कोमल कुमारी साह रहेकी छन्।
कोमलले अदालतमा भ्याकेन्सी खुलेको भन्दै दर्ता शुल्कवापत ईसेवा मार्फत रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनले किनमेल गर्ने बहानामा किनमेल गरे पश्चात आधा रकम दिने र बाँकीको पुनम देवी साह (आमा) को नामको सटही नहुने चेक दिएको पाइएको छ।
प्रहरीले पक्राउ परेकी कोमलमाथि थप अनुसन्धान कार्य भई रहेको साथै ठगीमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीको भनाई छ।
साथै, पुनम देवी साह मोनं ९८२३८९८२९३ को ई सेवा मार्फत अन्य कोही व्यक्तिहरू ठगीमा परी पीडित भएको भएमा जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदन सहित सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया