समाज


माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘नेपाल फस्ट’का अभियन्ता पक्राउ (तस्बिरहरू)

माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘नेपाल फस्ट’का अभियन्ता पक्राउ (तस्बिरहरू)

सरोज नेपाल
कात्तिक १६, २०८२ आइतबार १५:२४, काठमाडौँ

काठमाडौँको माइतीघरमा अनुमतिबिनै प्रदर्शनमा उत्रिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ‘नेपाल फस्ट’ अभियानका तीनजना पक्राउ परेका हुन्। 

सुनील सिंह, सुनील शाह र माधवसुन्दर खड्का काठमाडौँ प्रहरीको नियन्त्रणमा छन्। जेनजी आन्दोलनपछि विभिन्न समूहले प्रदर्शन गर्दै शान्ति सुरक्षा भड्काउने प्रयास गरिरहेको भन्दै प्रशासनले प्रदर्शनमा कडाइ गरिरहेको छ। 

आइतबार निकोलस भुसालले पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन आह्वान गरेका थिए। तर पक्राउ परेकाहरुले भने आफू नेपाल फस्ट अभियानको भएको प्रहरीलाई बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad