नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका दुई सहायक रथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सिग्देलले उपरथीमा बढुवा भएका हिम्मत बहादुर बिष्ट र विष्णु कुमार खड्कालाई आज जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाईसमेत सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो।
1.2k
Shares

प्रतिक्रिया