समाज


काठमाडौँको ५० वर्षे सहरीकरण गुरुयोजना बन्ने

काठमाडौँको ५० वर्षे सहरीकरण गुरुयोजना बन्ने

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १५:४४, काठमाडौँ

सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउन लागेको छ।

वागमती सफाइ महाअभियानको ६५०औं हप्ता पूरा भएको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उक्त योजना तयार गरिने जानकारी दिए।

मन्त्री घिसिङले काठमाडौँ उपत्यकामा आगामी ५० वर्षमा हुने जनसङ्ख्या वृद्धिको अनुमानका आधारमा सहरी पूर्वाधार निर्माण, सडक, ढल, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन र ढल प्रशोधन केन्द्रहरू एकीकृत रूपमा विकास गरिने बताए।

‘नदी सफा नभएसम्म सहरी सौन्दर्य कायम रहन सक्दैन, त्यसका लागि ठूलो लगानी र संघ, प्रदेश तथा स्थानीय सरकारको संयुक्त प्रयास आवश्यक छ,’ उनले भने।

उनले उपत्यकाका नदी-नाला सफा बनाएर मात्रै सहर सफा र सुन्दर बनाउन सकिने भन्दै जनस्तरबाट सञ्चालन भइरहेका वागमती सफाइ अभियानप्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रमुख अभियन्ता तथा पूर्वमुख्य सचिव लिलामणि पौड्यालले वागमती सभ्यता एकीकृत विकास समितिलाई अन्य शहरी कामभन्दा पनि ढल निर्माण र प्रशोधनमा प्राथमिकता दिन सुझाव दिए।

त्यसैगरी समितिले सन् २०२५-२०४५ कार्ययोजना तयार पारेको छ। उक्त योजनामा नदीको बहाव क्षेत्र संरक्षण, सार्वजनिक जग्गा व्यवस्थापन, जलस्रोत संरक्षण र सम्वर्धन, जैविक विविधता र दिगो शहरी विकासका कार्यक्रम समावेश गरिएको छ।

कार्ययोजना कार्यान्वयनका लागि करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad