पर्साको वीरगञ्ज महानगरपालिका–१० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानुको हत्या आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय पार्सले हत्या आरोपमा वीरगञ्ज महानगरपालिका –२४ रामगढवा बस्ने वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेल र अर्का एक बालकलाई पक्राउ गरेको थियो।
उनीहरूले ‘खुनी दरिन्दे’ नामक ह्वाट्सएप ग्रुप बनाई गत असोज १४ गते राति वीरगञ्ज महानगरपालिका–१० गीता मन्दिर सडक छेउमा लागेको गहवामाईको मेलामा शिवम साहलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत पर्साको आदेशले अभियुक्तहरूलाई वीरगञ्ज कारागार पठाइएको छ।
168
Shares

प्रतिक्रिया