समाज


इटलीः उद्योग मेमा र स्कुल सेप्टेम्बरमा मात्रै खुल्ने

इटलीः उद्योग मेमा र स्कुल सेप्टेम्बरमा मात्रै खुल्ने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ९:३२,

कोरोना भाइरस महामारी कम हुँदै गएपछि इटलीले जनजीवन सामान्य गर्दै लैजाने योजना बनाएको छ। औद्योगिक क्षेत्र मे ४ मा खोल्ने योजना रहेको प्रधानमन्त्री जुसेपे कोन्टेले जनाएका छन्।

‘उत्पादन र निर्माण क्षेत्रका उद्योगलाई मे ४ बाट खोल्नेगरी हामीले योजना बनाइरहेका छौँ,’ प्रधानमन्त्री कोन्टेले इटलीको दैनिक पत्रिका ला रिपब्लिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्।

कम्पनीहरुले स्वास्थ्यसम्बन्धी कडा उपाय अपनाएपछि मात्रै तिनलाई खोल्न दिइने उनले बताए।

उनले स्कुलहरु सेप्टेम्बरमा मात्रै खोलिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .